नेल्सन मण्डेलाका मनन योग्य भनाइहरू जसले तपाईंको जिन्दगी बदल्ने छ

१. जब कुनै खुसियाली मनाइन्छ तब आफू पछी र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउदछ तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन ।

२. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेका हुन्छन् ।

३. म कहिल्यै हार्दीन- म या त जित्छु या सिक्छु ।

४. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

५. जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

६. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।

८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।

९. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।

१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

११. सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो ।

१२. स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हनु मात्र होइन, बल्कि अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिबृद्धि गर्दै जिउन सक्नु हो ।

१३. एउटा विजेता स्वप्नदर्शक हो- जसले कहिल्याई आफ्नो सपना माथि हरेश खाएन ।

१४. यदि आफ्नो सत्रुसँग शान्ति बनाइराख्नु छ भने पहिले उसँगै मिलेर काम गर्नुपर्दछ, त्यसपछि उ स्वत पार्टनरमा बदलिनेछ ।

१५. यदि मानिस दृढ हुनसक्छ भने उसले कुनै पनि चिजलाई जित्न सक्छ ।

१६.  एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

 

पढ्नैपर्ने तीन प्रेरक प्रसंगहरु

१. यो घट्ना त्यो बेलाको हो जब एउटा युद्धमा विजय प्राप्त गरेर अलेक्जेन्डर महान र उनका गुरु अरिस्टोटल एकै पटक फर्किरहेका थिए ।

ठुला – ठुला पहाड र घना जङ्गल पार गर्दै बाटोमा जब एउटा धेरै गहिरो नाला आयो तब अरिस्टोटलले भने , ” यो नाला पहिला म पार गर्नेछु र पछि तिमिले पार गर्नु ” । तर अलेकजेन्डर ले गुरु को आज्ञाको पालन नगरी नाला पार गरे ।

अलेक्जेन्डरको यस्तो व्यवहारबाट क्रोधित भएर अरिस्टोटलले भने ” आजसम्म तिमिले मेरो आज्ञाको अवज्ञा गरेका थिएनौ , फेरि आज यो नयाँ काम कसरी भयो ? ”

अलेकजेन्डरले बडो नम्रतापुर्वक टाउको झुकाएर भने , ” नाला पार गर्दा यदि तपाइलाई केही भयो भने मैले तपाईं जस्तो अर्को गुरु पाउने थिइन तर म डुबेको भए तपाईं आफ्नो ज्ञानले म जस्ता धेरै अलेकजेन्डर बनाउन सक्नुहुन्छ ” ।

२. सुकरात ग्रीसका महान विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे त्यहा मानिसहरुले उनलाइ घेरेर विभिन्न प्रश्न सोध्थे । कहिलेकाही त मानिसहरु छेउ न टुप्पोको प्रश्न सोध्थे तर सुकरात शान्त भावले उनिहरुको प्रश्नको जवाफ दिन्थे ।

मानिसहरुबाट घेरीरहनाको कारण सुकरात धेरै समयसम्म घर बाहिर बस्थे । यसले उनकी पत्नी धेरै रिसाउने गर्थिन । त्यसै पनि उनी बडो कठोर स्वभावकी थिइन । बिना कारण नै सुकरात सँग झगडा गरीरहन्थिइन । सुकरात बडो शान्त भावले उनको कुरा सुनिरहन्थे ।

जब धेरै बेरसम्म पनि उनकी पत्नीले बोल्न छोडिनन तब सुकरात बाहिर जान लागे । यो देखेर उनकी पत्निको रिस पनि बढ्यो । छेउमा चिसो फोहोर पानीले भरीएको बाल्टिक राखिएको थियो । क्रोधले तिर्मिराउदै उनले त्यो सबै फोहोर पानी सुकरातको टाउकोमा खन्याइदिइन । उनी शिर देखि पाउसम्म भिजे र उनको कपडा पनि फोहोर भयो तर पनि उनी शान्त भएर बसे जस्तो कि केही भएकै छैन ।

केही क्षणपछी मुस्कुराउदै शान्त भावमा सुकरातले भने ” यति ठूलो गर्जनपछी त वर्षा त हुनु नै थियो ” ।

३. यो घट्ना त्यो समयको हो जब लाल बहादुर शास्त्री भारतको प्रधानमन्त्री थिए । एक दिन उनी आफ्नी श्रीमती ललिता शास्त्री सित एउटा साडीको कारखानामा घुम्न गए । उनकी श्रीमतीले केही साडी मन पराइन । शास्त्रीले त्यो साडी प्याकिङ गरीदिन भने र पैसा दिन लागे । तर मालिकले पैसा लिन मानेनन ।

तब शास्त्रीले भने ” आज म प्रधानमन्त्री छु , यसैले मलाइ यति मुल्यवान साडी सित्तैमा दिइरहनु भएको छ । तर भोलि जब म प्रधानमन्त्री रहन्न भने तब के यस्तो साडी तपाईं सित्तैमा दिन सक्नुहुन्छ ?

यो कुरा सुनेर कारखाना मालिक केही बोल्न सकेनन । उनले चुपचाप पैसा लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *